काठमाडौ, पुस १ - संस्कृतिविद् सत्यमोहन जोशीको अनेक परिचय छन् । हालै शताब्दी पुरुषको सम्मान पाएका उनको नाट्यकर्मी छवि उत्तिकै बलियो छ । 'बाघभैरव', 'सुनकेशरी', 'मजिपा लाखे' पछिल्लो समय नेपाली रंगमञ्चमा महिनौं मञ्चन भएका उनका नाटकहरू हुन् । फोक्सोमा पानी जमेर बल्खुस्थित बयोधा अस्पतालमा उपचाररत भइरहेको बेला यता बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा भने कलाकारहरूले उनको नयाँ नाटकलाई मञ्चनको अन्तिम रूप दिइरहेका छन् । पि|mलान्सर रंगकर्मी पशुपति राईले जोशीको नयाँ नाटक 'धों च्वोलेचा' लाई मञ्चमा उतार्न लागेकी हुन्, महिना दिनदेखि नाटकमाथि रिहर्सल
चलिरहेको छ ।
'उहाँजस्तो पाका रंगकर्मीको नाटक निर्देशन गर्न पाउनु निकै खुसीको कुरा हो,' राईले भनिन्, 'यो नाटक नेवारी लोककथामा आधारित छ ।' जोशीले लेखेको 'बुद्धिमती धों च्वोलेचा' लाई राईले सांगीतिक नाटकको रूपमा पस्किन लागेकी हुन् । आउँदो बिहीबारबाट नियमित मञ्चन हुन लागेको नाटकमा पशुपतिसँगै श्रुति प्रधान, प्रमिला कटुवाल, सोनाम लामा, मनोज तामाङ, सपना खत्री, अनिल सुब्बा, अशेष राई, प्रणव मानन्धर लगायतले अभिनय गरेका छन् । श्रुति, अशेष र प्रवणले सांगीतिक रंग दिएको नाटक सत्र दिन नियमित मञ्चन हुने बताइएको छ ।
जोशीले प्रायः मिथकीय र ऐतिहासिक विषयवस्तुमाथि नाटक लेख्दै आएका छन् । गुरुकुलले प्रस्तुत गरेको 'बाघभैरव'मा कीर्तिपुर उत्पत्तिको कथा थियो भने मण्डला थिएटरले मञ्चनमा ल्याएको नाकट 'सुनकेशरी'मा चाहिँ कणर्ाली प्रदेशको मल्ल राजाहरूको पुराना प्रेमकथा । गतवर्ष एक महिना नियमित मञ्चनमा आएको 'मजिपा लाखे'मा चाहिँ उपत्यकाको लाखे उत्पत्ति परम्परासँगै मान्छे र मान्छेबीचको प्रेमकथालाई नाटकीकरण गरिएको थियो । यसपटक पनि सांस्कृतिक रंगकै कथालाई आफूले नयाँ ढंगले प्रस्तुत गर्न लागेको निर्देशक राईले बताइन् ।
आजको कान्तिपुर दैनिकबाट सभार
प्रकाशित मिति: २०७१ पुस १ ०९:१२

No comments:
Post a Comment