काठमाडौंमा पाँचौं नाटकघर तथा व्यवसायिक भवनमा पहिलो नाटकघरको रुपमा सुस्केरा थिएटर मलले आफ्नो पहिलो नाटक तयार पारेको छ, श्रावण ३० गते मलको उद्घाटन भएपनी, थिएटरले आफ्नो नाटक भने मन्चन गरेको थिएन । उद्घाटन सत्रमा मण्डला थिएटरको नाटक सुनकेसरी मञ्चन गरेर नाटक घरको बिधिवत सुरुवात गरेको थिएटर मलले यही पुस ७ देखि नाटक ‘बदरंग:लोचनवंशको साक्ष्य’ मञ्चन गर्दैछ ।
राजवको लेखन रहेको नाटक ‘बदरंग:लोचनवंशको साक्ष्य" लाई केदार श्रेष्ठले निर्देशन गरेका हुन ।
मितिः २०७१, पुस ७ देखि २९ गतेसम्म । (बुधबारबाहेक)
स्थानः थिएटर मल, सुनधारा, काठमाडौं मलको सातौं तल्ला
समयः साँझ ४:४५ बजे ।

No comments:
Post a Comment