नाटकघरमा धमाधम नाटक मन्चन र तयारी भैरहेको बेलामा सर्वनाममा पनि आजदेखी नाटक "हारेका मान्छेहरु" मन्चन हुने भएको छ । अशेष मल्लको परीकल्पना, लेखन तथा निर्देशन रहेको यो नाटक मा नाट्यांस लेखन भने राज शाह अर्जुन न्यौपाने, दिपेश पौडेल, श्याम खड्का ले गरेका हुन। नाटकमा राज शाह अर्जुन न्यौपाने, शिशिर सिवाकोटी र श्याम खड्काको अभिनय रहेको छ। यही भाद्र २५ गते देखी आश्विन १६ गते सम्म बिहिबार बाहेक हरेक दिन बेलुका ५:१५ बजे सर्वनाम थियटर कालिकास्थान काठमाडौंमा मन्चन हुनेछ ।
नेपाली नाटक
सम्पूर्ण नेपाली रङमन्च र नेपाली नाटक चिहाउने एउटा सानो आँखीझ्याल
हाम्रो आनुरोध
Friday, September 11, 2015
सर्वनाममा हारेका मान्छेहरु
नाटकघरमा धमाधम नाटक मन्चन र तयारी भैरहेको बेलामा सर्वनाममा पनि आजदेखी नाटक "हारेका मान्छेहरु" मन्चन हुने भएको छ । अशेष मल्लको परीकल्पना, लेखन तथा निर्देशन रहेको यो नाटक मा नाट्यांस लेखन भने राज शाह अर्जुन न्यौपाने, दिपेश पौडेल, श्याम खड्का ले गरेका हुन। नाटकमा राज शाह अर्जुन न्यौपाने, शिशिर सिवाकोटी र श्याम खड्काको अभिनय रहेको छ। यही भाद्र २५ गते देखी आश्विन १६ गते सम्म बिहिबार बाहेक हरेक दिन बेलुका ५:१५ बजे सर्वनाम थियटर कालिकास्थान काठमाडौंमा मन्चन हुनेछ ।
Saturday, September 5, 2015
नाटककार सम मेकअप नगरी कसैलाई भेट्दैनथे , सैनिक पनि भए । उनीबारे रोचक ५ कुरा ।
- → सम पत्नी मन्दाकिनी, छोरो जनार्दन र छोरी रश्मिराज्यलक्ष्मीलगायत परिवारका सम्पूर्ण सदस्यलाई पनि तपार्इंकै सम्बोधन गर्थे ।
- → नेपाल–भोट युद्धका बेला उनी सहायक कमान्डरका रूपमा पनि छनौट भएका थिए उनी । विदेशबाट तोप चलाउने प्रशिक्षण नै लिएका थिए ।
- → बिहानको नित्यकर्म सकेपछि नै उहाँको पहिलो काम हुन्थ्यो ‘मेकअप’ गर्ने ।
- → उनी हाँस्दा पनि समान्य मानिसले जस्तो मुख च्यातेर हा हा हा गरेर हाँस्दैनथे । यसले अनुहारको चाउरी प्रस्ट्याउँछ भनेर उनी सुसेली गर्ने शैलीमा दुवै ओठहरू चुच्चो पारेर ‘हो हो हो’ गर्दै हाँस्थे ।
- रमण घिमिरेभाद्र
१९, २०७२- लामो समयदेखि भारतीय ‘नौटंकी’ परम्पराले थिचेको नेपाली
रङ्गमञ्चलाई नयाँ जीवन दिँदै मौलिक रङ्गमञ्चमा आरोहण गराउने श्रेय बालकृष्ण
समलाई जान्छ । जसकै कारण उनी नेपाली नाटकका सेक्सपियरका रुपमा गनिन्छन् ।
तर यो उनले नाटकमा कलम चलाउन थालेपछिको कुरा हो । त्यसो भए नाटककार हुनु
अगाडि उनी के थिए ? कस्तो थियो उनको स्वभाव । यस्ता छन् समका ५ रोचक
सन्दर्भ ।
यसरी भए शमशेरबाट सम
उनले आफ्नो नामको पछाडिको शमशेरलाई छोट्याएर सबैको साझा या समान भन्ने अर्थमा ‘सम’ लेख्न थाले । राणाहरूको क्रुर स्वभावभन्दा एकदमै फरक शान्त र शिष्ट समको यो नामकरण आफैँमा ‘जनताका लागि’ भन्ने अर्थमा प्रयोग भएको थियो । उनी सारै विनम्र स्वभावका थिए । आफूलाई ‘सम’मा रूपान्तरित गरिसकेपछि उनले २००७ सालमा एकतन्त्रीय राणा शासनको अन्त्यपश्चात सबैलाई ‘तपाईं’ सम्बोधन गर्न थाले ।
आफ्ना समकालीनहरूलाई ‘तपाईं’ भन्नु त स्वाभाविक नै थियो । उनले त आफ्ना अनुज पुस्ताकालाई समेत तपार्इं भन्न थाले । ‘सम’ को समानता यतिमै मात्र सीमित रहेन । कतिसम्म भने, उनले आफ्नी पत्नी मन्दाकिनी, छोरो जनार्दन र छोरी रश्मिराज्यलक्ष्मीलगायत परिवारका सम्पूर्ण सदस्यलाई पनि तपार्इंकै सम्बोधन गर्नथाले । सुरुसुरुमा यस्तो सम्बोधन अलि अस्वाभाविक लाग्थ्यो तर पछिपछि यो नै समजीको चिनारी र शैली बन्यो ।
(दुइ)
सैनिक थिए सम
उनी सेनाका कप्तान पनि भए । विदेशबाट तोप चलाउने प्रशिक्षण लिएर फर्केपछि समले राजदल गणमा सम्बद्ध भई कप्तानको भूमिका पनि निर्वाह गरेका थिए । त्यस बेला उनको नाम थियो, बालकृष्ण शमशेर जबरा । नेपाल–भोट युद्धका बेला उनी सहायक कमान्डरका रूपमा पनि छनौट भएका थिए ।
(तीन)
मेकअपका सौखिन
सम अत्यन्त सौन्दर्यप्रिय व्यक्ति थिए । उनी घरमा आउने पाहुनाहरूलाई भेट्न निस्किँदा सामान्य मानिसजस्तो त्यतिकै निस्ँिकदैनथिए । दाह्री खैरनु र सफा कपडा लगाउनु मात्र होइन सम त बकाइदा ‘मेकअप’ गरेर मात्र निस्किन्थे । नौ वर्षको उमेरदेखि समको नाट्यमण्डलीमा काम गरेका रङ्गकर्मी, नाटककार प्रचण्ड मल्ल सम्झिन्छन्, “बिहानको नित्यकर्म सकेपछि नै उहाँको पहिलो काम हुन्थ्यो ‘मेकअप’ गर्ने ।”
मल्ल समले कुन ब्रान्डका सिँगार प्रशाधन प्रयोग गर्थे भन्ने त सम्झिँदैनन् तर अनुहारमा अक्सर क्रिम र पाउडर लगाउँथे भन्ने चाहिँ उनी ठोकुवा गर्छन् । पिताको देखासिकी गर्दै उनका छोरो जनार्दन सम पनि घरबाहिर क्रिम–पाउडरले सिँगारिएरै निस्किन्थे । कतिपल्ट त असावधानीवश पुछ्न बिर्सेको जनार्दनको कोटको पछिल्लो भागमा पाउडर टल्केको प्रस्टै देखिन्थ्यो । सम उनलाई भेट्न आउनेहरूलाई बैठकको ढोका खोल्नुअघि अनुहारभरि चमकदार देखिने मेकअप गर्ने गर्थै । सम र सौन्दर्य एकअर्कामा अविभाज्य थिए ।“समजी घरमा बिहान सात बजेभित्र मेकअपको काम सकेर मात्र बैठकमा पाहुनाहरूलाई भेट्न निस्किनुहुन्थो ।”
प्रचण्ड मल्ल, नाटककार/रङ्गकर्मी
सम पछि नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा प्राज्ञ भएर आउँदा पनि अनुहारमा धपधपी बल्लाजस्तो टिलिक्क चम्किने मेकअप गरेर आउँथे । मल्ल सम्झिन्छन्, “समजी घरमा बिहान सात बजेभित्र मेकअपको काम सकेर मात्र बैठकमा पाहुनाहरूलाई भेट्न निस्किनुहुन्थो ।” बिनासिँगार समलाई देख्ने त्यसबेलाका पुस्तामा बिरलै मानिस थिए । उनका नाटकमा अभिनय गर्ने कलाकारहरूलाई अमर चित्रकारले सिँगार्थे । तर बालकृष्ण सम आफ्नो सिँगार गर्ने अभिभार पत्नी मन्दाकिनीबाहेक कसैलाई दिँदैनथे ।
(चार)
लोभलाग्दा फेसनेवल
सम बाहिरतिर हिँड्दा उनको शरीरबाट दामी विदेशी अत्तरको सुगन्ध मगमगाइरहन्थ्यो । कपालमा पनि कुनै बास्नादार तेल लगाएका हुन्थे, जसको सुगन्धले टोपीभित्रबाटै पनि वातावरणलाई सुवासित गरिरहेको हुन्थ्यो । उनी जीउमा टिमिक्क मिलेका मयलपोस सुरुवाल, कोट र टोपीमा सजिएर निस्किँदा चलचित्रको कुनै नायकभन्दा कम सुन्दर देखिँदैन थिए ।
सम सौन्दर्यप्रति कतिसम्म सचेत थिए भने उनी हाँस्दा पनि समान्य मानिसले जस्तो मुख च्यातेर हा हा हा गरेर हाँस्दैनथे । यसले अनुहारको चाउरी प्रस्ट्याउँछ भनेर उनी सुसेली गर्ने शैलीमा दुवै ओठहरू चुच्चो पारेर ‘हो हो हो’ गर्दै हाँस्थे । यसो गर्दा अनुहारमा मुजा पर्दैन ।
(पाँच)
रिक्सामा रोमान्स
समलाई मनपर्ने सवारी साधन रिक्सा थियो । उनी बेलाबेला प्रज्ञा–प्रतिष्ठान आउँदा पनि रिक्सामै सावार भएर आउने गर्थे । उनी कहिलेकाहीँ त्यस रिक्सामा नाटकमा काम गर्ने महिला कलाकारहरूलाई राखेर नयाँसडक, रानीपोखरी या प्रज्ञाभवन परिसरवरिपरि सयर गराउँथे र आनन्दानूभूति गर्थे ।
समको एउटा अनौठो खालको साइकल पनि थियो, दुईजनाले पाइडल घुमाउन मिल्ने । सम र छोरी रश्मिराज्य यो साइकल चलाउँदै बिहानबिहान सयरमा निस्केको पनि सम्झना गर्छन्, प्रचण्ड मल्ल ।
स्केच: रविन्द्र मानन्धर
प्रकाशित: भाद्र १९, २०७२
नेपाल साप्ताहिक बाट
Subscribe to:
Posts (Atom)
