
एक्टिङ्ग स्कुल अफ इण्डिया मुम्बईका संस्थापक निर्देशक बिशारद बस्नेतले गुरुकुल र मण्डला थिएटरका कलाकारलाई लिएर नाटकको नयाँ फर्म “क्लाउन थिएटर ” गरिरहेका छन् ।
पन्ध्र्र दिन अघि स्वदेश आएका बस्नेतले मण्डलाका कलाकारलाई तिन दिनको “र्वकसप” दिएर सुन्धराको डबलीमा नाटक प्रस्तुत गरे । नाकमा रातो (विश्व सानो मास्क)लगाएर प्रस्तुत भएका कलाकारले चालिस मिनेट नाटक प्रर्दसन गरेका थिए । त्यसतै ,गुरुकुलका विध्यार्थीलाई सातदिन र्वकसप दिएर बनेपाको एस.ओ. एस.स्कुल काठमान्डौ युनिभर्सिटी ,हाइल्याण्ड स्कुल लगायत पनौतिको मल्पि इन्टरनेसनलमा नाटक प्रस्तुत गरेका थिए । तिन हजार बढि दर्शकमाझ नाटक प्रर्दशन गरिसकेका बस्नेतले अब धादिङ्ग का केहि स्कुल र हार्वड इन्टरनेसनल स्कुल बाफलमा नाटक प्रस्तुत गर्ने तयारी गरिरहेका छन् ।
“नाटकमा सहभागी दर्शकको ठुलो सहयोग पाइरहेका छौँ अझ, बालबालिकाले धेरैनै मनोरञ्जन लिइरहेका छन् । स्टेजमै गएर कलाकारसँग रमाइरहेका हुन्छन् । सबैको अनुहारमा हाँसो देख्दा आफुलाई पनि खुसि लाग्छ ” उनले बताए । केहि दिनमै मुम्बई फर्कने तयारीमा रहेका उनि केहि महिना पछि स्वदेश फर्केर मण्डला थिएटर सँग सहकार्य गरि दुई महिनाको कार्यशाला सँञ्चालन गर्ने सोचमा छन् ।
बिजय बराल , बिकाश जोशि ,कुशल पाण्डे,अमृत ढृङ्गना ,बिजया कार्की,जेडी गुरुङ्ग ,सुएसा अधिकारी ,प्रकाश दाहाल लगायत कलाकारले उनलाई साथ दिइरहेका छन ।

No comments:
Post a Comment