हाम्रो आनुरोध

हामीले थाहा पाए सम्म र हामीलाई इन्बोक्स र ईमेल मा प्राप्त भएका सुचनाका आधार मा हामीले नाटक सम्वन्धी गतिबिधीहरुका सुचनाहरु सम्प्रेसण गरेका छौ। हामीले सकेसम्म काठमाडौं र असपासका नाट्य गतिबिधी लाई मात्रै नभै सम्पूर्ण देश भरिकै सुचना हरु सम्प्रेसण गर्ने प्रयास गरेका छौ। त्यसैले हामी लाई तपाईंका नाट्य गतिबिधीलाई हामी सम्प्रेसण गर्ने छौ । तपाईं का गतिबिधी हरुलाई हामीलाई इन्बक्स ( www.facebook.com/TheaterNepali )वा ईमेल theaternepali@gmail.com वा टुइटरमा मेन्सन गर्नुहोला https://twitter.com/theaternepal

Thursday, July 2, 2015

सर्वनाममा हरिभक्तलाई सम्झिने

हरिभक्त कटुवालको ८० औ जन्म जयन्ती पारेर यही शुक्रबार सर्वनाम थियटरमा हरिभक्त कटुवालको सम्झनामा एक कार्यक्रम आयोजना गरिने भएको छ ।  हरिभक्त कटुवालका १० कविता १० कविहरुबाट वाचन कार्यक्रममा पुरु लम्साल द्वार निर्देशित हरिभक्तकै जिवनि मा आधारित बृत्तचित्र "अनि हरिभक्त फर्किएनन" प्रदर्शन गर्ने आयोजकले बताएका छन । कारिब २ घण्टाको कार्यक्रममा नबराज लम्साल, शकुन्तला जोशी, शन्ध्या पहाडी, प्रोल्लास सिन्धुलिय, रावत, आर के अदिप्त गिरि, सौरभ कार्की लगायत ले कटुवालका कविता वाचन गर्ने छन । कार्यक्रम भोलि दिउसो ठिक १ बजे सुरु हुनेछ । साथै कविता वाचनको कार्यक्रम बाट रेडियो राईनाे प्रत्यक्ष सुन्न सकिने छ
































 प्रसिद्ध साहित्यकार तथा गीतकार हरिभक्त कटुवालको जन्म १९३५, जुलाई २ (विस १९९२ असार १८ गते) असम राज्यमा वीरबहादुर कटुवाल र विष्णुमाया कटुवालको छोरोको रूपमा भएको थियो। ‘यो जिन्दगी खै के जिन्दगी’  कवितासड्ग्रहले यिनलाई चर्चाको शिखरमा पुर्‍याएको उनले  कथासड्ग्रह ‘स्पष्टिकरण’ प्रकाशित गरे। अनि उनको शेषपछि भीमकान्त उपाध्यायको सङ्कलन र सम्पादनमा ‘बदनाम मेरा यी आँखाहरू’ प्रकाशनमा आयो। त्यस कृतिमा पनि उनका कलजयी गीतिकविता सङ्ग्रहित भए। उनका धेरै कविताहरू कर्णप्रिय गीत बनेका छन्, । हरिभक्त कटुवाल नेपालबाट असम फर्के पछि १० सेप्टेम्बर १९७९ (विसं २०३७ भदौ २५ गते) ४५ बर्षको उमेरमा अल्सरको कारणबाट मृत्यू भएको थियो।

No comments:

Post a Comment