हाम्रो आनुरोध

हामीले थाहा पाए सम्म र हामीलाई इन्बोक्स र ईमेल मा प्राप्त भएका सुचनाका आधार मा हामीले नाटक सम्वन्धी गतिबिधीहरुका सुचनाहरु सम्प्रेसण गरेका छौ। हामीले सकेसम्म काठमाडौं र असपासका नाट्य गतिबिधी लाई मात्रै नभै सम्पूर्ण देश भरिकै सुचना हरु सम्प्रेसण गर्ने प्रयास गरेका छौ। त्यसैले हामी लाई तपाईंका नाट्य गतिबिधीलाई हामी सम्प्रेसण गर्ने छौ । तपाईं का गतिबिधी हरुलाई हामीलाई इन्बक्स ( www.facebook.com/TheaterNepali )वा ईमेल theaternepali@gmail.com वा टुइटरमा मेन्सन गर्नुहोला https://twitter.com/theaternepal

Wednesday, July 29, 2015

मण्डलामा नयाँ सिस्टम

पछील्लो समय नाटकका दर्शक बढेसंगै  मण्डला नाटकघरले नाटकघरको दर्शक सिटहरुमा परीमर्जित गरी ब्यबस्थित गरेको छ । नाटक हेर्न आउनुहुने दर्शकहरुले अव आफ्नो रुचीको सीटमा बसेर नाटक हेर्न पाउनुहुनेछ । भूकम्पपछि यसै साता सुचारु भएको मण्डला नाटकघरमा सीट नम्बरसहितको टिकट व्यवस्था लागू भएसँगै दर्शकहरुको लागि यो सुविधा थपिएको हो ।

‘हामीले गलैंचामा बस्ने व्यवस्था हटाएका छौं’, नाटकघरका व्यवस्थापक बिजय बरालले बताए —‘त्यसको सट्टामा केहि आरामदायी सीटहरु थपेका छौं ।’ बरालका अनुसार नाटकघरमा प्रवेश गर्न चार किसिमका टिकटहरु व्यवस्था गरिएको छ । रु. ३०० पर्ने विशेष टिकट किनेपछि अघिल्लो पंक्तिका आरामदायी सोफामा बस्न पाइनेछ । परिचयपत्र सहितका विद्यार्थीले सो सीटमा बस्न चाहेमा रु. १५० को टिकट लिनुपर्नेछ । त्यसैगरी सामान्य टिकटको मूल्य रु. २०० राखिएको छ । विद्यार्थीका लागि भने उक्त टिकट रु. १०० मा उपलब्ध गराइने जानकारी नाटकघर बक्सअफिस सञ्चालिका सपना चौधरीले दिइन् । मण्डला नाटकघरमा अहिले चलीरहेको नाटक वैतरणी क्याफेका लागि कूल ११२ वटा सीटहरुको व्यवस्था गरिएको छ । जसमध्ये ६ वटा सीट आमन्त्रित पत्रकार तथा अतिथिहरुका लागि छुट्याइएको छ भने बाँकि रहेका कूल १०६ सीटको ३५ प्रतिशत सीट विद्यार्थीहरुको लागि छुट्याइएको छ । यससँगै विद्यार्थीहरुले पनि निश्चित मूल्यको टिकट किनेर आफूले रोजेको सीटमा बस्न पाउने भएका छन् ।

बैशाख १२ को भूकम्पपछि नाटकघरमा कुनै क्षति नभएपनि दर्शकहरुले सहज वातावरणमा नाटक हेर्न सकुन् भन्ने उद्देश्यले नाटकघरमा सुविधाहरु बढाइएको मण्डलाका निर्देशक राजन खतिवडाले बताए । ‘एककिसिमको भयात्मक अवस्थाबाट हामी भर्खरै गुज्रेका छौं । रंगमञ्चमा दर्शकहरु आउने क्रम बढीरहेकै अवस्थामा यस्तो भयो । यस्तोमा दर्शकहरुको उत्साह र मनोबल घट्न नदिनु अहिलेको लागि हाम्रो पहिलो चुनौति हो’, खतिवडाले भने ‘त्यही भएर हामीले हलको सुविधा थोरै भएपनि बढाएका हौं । भूकम्पपछिको पहिलो नाटक पनि दर्शकहरुलाई प्राप्तिको लागि सकरात्मक संघर्ष हुनुपर्छ भन्ने आशयको देखाउन खोजेका छौं ।’

मण्डला नाटकघरमा अहिले दयाहाङ राईलिखित तथा निर्देशित नाटक वैतरणी क्याफे चलिरहेको छ ।

No comments:

Post a Comment