हाम्रो आनुरोध

हामीले थाहा पाए सम्म र हामीलाई इन्बोक्स र ईमेल मा प्राप्त भएका सुचनाका आधार मा हामीले नाटक सम्वन्धी गतिबिधीहरुका सुचनाहरु सम्प्रेसण गरेका छौ। हामीले सकेसम्म काठमाडौं र असपासका नाट्य गतिबिधी लाई मात्रै नभै सम्पूर्ण देश भरिकै सुचना हरु सम्प्रेसण गर्ने प्रयास गरेका छौ। त्यसैले हामी लाई तपाईंका नाट्य गतिबिधीलाई हामी सम्प्रेसण गर्ने छौ । तपाईं का गतिबिधी हरुलाई हामीलाई इन्बक्स ( www.facebook.com/TheaterNepali )वा ईमेल theaternepali@gmail.com वा टुइटरमा मेन्सन गर्नुहोला https://twitter.com/theaternepal

Sunday, March 2, 2014

राष्ट्रपतिले हेरे चारुमती


कान्तिपुर दैनिक बाट
काठमाडौ, फाल्गुन १८ - राष्ट्रपति रामवरण यादव शनिबार फरक वातावरणमा सामेल भए । डेढ घन्टा लामो नाटक 'चारुमती' हेर्न उनी लाजिम्पाट उत्तरढोकास्थित थिएटर भिलेजमा उच्च सतर्कताका साथ उपस्थित भए । पूरा नाटक हेरिसकेपछि कलाकारलाई बधाइ दिँदै सामूहिक तस्बिर पनि खिचाए ।  नेपाल-भारत सम्बन्धको ऐतिहासिक पाटोमा आधारित रही सत्यमोहन जोशीले लेखेको नाटकलाई विमल सुवेदीले निर्देशन गरेका हुन् । आइतबारदेखि फागुन १७ सम्म मञ्चन गरिने नाटकको विशेष मञ्चनमा राष्ट्रपतिदेखि भारतीय राजदूत रञ्जित राय र नेताहरू झलनाथ खनाल, सूर्यबहादुर थापा, पशुपति शमशेर राणा लगायत थिए ।  नाटकले झन्डै २३ सय वर्षअघिको कथा बोल्छ । भारतका सम्राट अशोकका पत्नी र कान्छी छोरी चारुमतीका साथ तीर्थाटनका लागि नेपाल आएका हुन्छन् । नेपालका राजकुमार गिग्रीसँग बिहेको कुरा चलिरहेका बेला राजकुमारी चारुमतीले भने  सामान्य सैनिक देवपालसँग प्रेमविवाह गर्छिन् ।  चारुमतीको भूमिकामा केकी अधिकारीले अभिनय गरेकी छन् । सम्राट अशोकको भूमिकामा केशव स्थापित छन् भने देवपालको भूमिकामा अभिनेता सुवास थापा छन् । नृत्यमा आधारित नाटकमा राजकुमार पुडासैनी, अरुणा कार्की, पुस्कर गुरुङ, भोलाराज सापकोटा, देभभक्त खनाल लगायतको अभिनय छ । संगीत ज्यासोन कुँवरको छ भने प्रकाश संयोजनको जिम्मा राजकुमार पुडासैनीले गरेका हुन् ।  थिएटर भिलेजले बीपी कोइराला नेपाल-भारत फाउन्डेसन र नेपाल-भारत सांस्कृतिक समन्वय परिषद्सँग मिलेर भाइचारा बढाउन मञ्चन थालेको हो ।     प्रकाशित मिति: २०७० फाल्गुन १८ ०९:५१

No comments:

Post a Comment