हाम्रो आनुरोध

हामीले थाहा पाए सम्म र हामीलाई इन्बोक्स र ईमेल मा प्राप्त भएका सुचनाका आधार मा हामीले नाटक सम्वन्धी गतिबिधीहरुका सुचनाहरु सम्प्रेसण गरेका छौ। हामीले सकेसम्म काठमाडौं र असपासका नाट्य गतिबिधी लाई मात्रै नभै सम्पूर्ण देश भरिकै सुचना हरु सम्प्रेसण गर्ने प्रयास गरेका छौ। त्यसैले हामी लाई तपाईंका नाट्य गतिबिधीलाई हामी सम्प्रेसण गर्ने छौ । तपाईं का गतिबिधी हरुलाई हामीलाई इन्बक्स ( www.facebook.com/TheaterNepali )वा ईमेल theaternepali@gmail.com वा टुइटरमा मेन्सन गर्नुहोला https://twitter.com/theaternepal

Friday, January 30, 2015

मण्डलामा माथा पञ्चर

मण्डला थिएटरमा आजदेखी  नयाँ नाटक ‘माथा पन्चर’ मन्चन सुरु भएको छ ।
यो नाटक नेपालको तराई भेगमा अवस्थित बारा जिल्लाको डुमरबाना गाविसको एउटा सामान्य घटनालाई आधार बनाएर तयार गरिएको छ । नाटकका पात्रहरू अहिले पनि हामै्र गाउँघरमा भेट्न सकिन्छ भने केही काल्पनिक पात्र पनि थपिएका छन् ।’ दर्शकले नाटकबाट प्रशस्त मनोरञ्जन लिने पनि उनले बताए ।
नाटकबारे उनले भने, ‘देशको केन्द्रीय स्तरदेखि गाउँसम्म पनि यसको असरबाट मुक्त हुन सकेको छैन । नाटक गाउँको एउटा विद्यालयमा एकजना शिक्षकको पदपूर्तिको विषयलाई लिएर कथा अगाडि बढ्छ ।’ राजनीतिक खिचातानी, नातावाद र कृपावादले गर्दा अस्वस्थ रूपले शिक्षक नियुक्ति गर्दा योग्य र आवश्यकता भन्दा अयोग्य र अक्षमले स्थान पाउने घटनाको प्रतिनिधि कथा यस नाटकले बोकेको पनि उनले बताए ।

राजधानीको अनामनगरस्थित मण्डला थिएटरमा नाटक‘माथा पञ्चर’  सोमबारबाहेक हरेक बेलुका ५ बजेबाट एक महिनासम्म यो नाटक त्यहाँ मञ्चन हुनेछ ।
राजन खतिवडाको लेखन तथा निर्देशन रहेको यो नाटकमा मोहमद नाजिर हुसेन, लक्ष्मी बर्देबा, सुनिल मगर, जलन लामिछाने, रियर राई, मुन्ना सराफ, आयान खड्का, संयोग गुरागाईं, प्रेमवर्षा खड्का, शक्ति राई, भाष्कर ओली, प्रकाश दाहाल, अंकित खड्का, दिलजंग गुरुङ, रञ्जना ओली र रेणु योगी लगायतको अभिनय रहेको छ ।  

No comments:

Post a Comment