हाम्रो आनुरोध

हामीले थाहा पाए सम्म र हामीलाई इन्बोक्स र ईमेल मा प्राप्त भएका सुचनाका आधार मा हामीले नाटक सम्वन्धी गतिबिधीहरुका सुचनाहरु सम्प्रेसण गरेका छौ। हामीले सकेसम्म काठमाडौं र असपासका नाट्य गतिबिधी लाई मात्रै नभै सम्पूर्ण देश भरिकै सुचना हरु सम्प्रेसण गर्ने प्रयास गरेका छौ। त्यसैले हामी लाई तपाईंका नाट्य गतिबिधीलाई हामी सम्प्रेसण गर्ने छौ । तपाईं का गतिबिधी हरुलाई हामीलाई इन्बक्स ( www.facebook.com/TheaterNepali )वा ईमेल theaternepali@gmail.com वा टुइटरमा मेन्सन गर्नुहोला https://twitter.com/theaternepal

Monday, March 3, 2014

नाटकघरको उद्घाटनमै 'कोमा'

नागरिक दैनिकबाट
----------------------------------------- 
काठमाडौं– गोविन्दबहादुर मल्ल गोठालेको स्मृतिमा निर्मित नाटकघर 'गोठालेघर'को उद्घाटनसँगै शिल्पी थिएटरले नियमित मञ्चन थालेको छ। शनिबार संस्कृतिविद् सत्यमोहन जोशी, अभि सुवेदी र सुनिल पोखरेलले नाटकघरको औपचारिक उद्घाटन गरे। उद्घातटनसँगै घिमिरे युवराजको निर्देशन रहेको नाटक 'कोमाः अ पोलिटिकल सेक्स'को मञ्चन ग
कुमार नगरकोटी लिखित नाटकको मुख्य विषय विसंगति हो। नाटकले चलनचल्तीमा असान्दर्भिक लाग्ने तर हरेक मानिसमा अन्तर्निहित घटनाहरुलाई उस्तै विसंगत पात्र र संवादद्वारा मञ्चमा उतारेको छ। दैनिक जीवनमा नदेखिने तथा नभेटिने पात्रहरु आफ्ना कुण्ठा र आवेगलाई नलुकाई दर्शकका अघि जस्ताको तस्तै राख्छन्।
नाटकको सुरुवात नाटक नै लेखिरहेको लेखक कोमामा गएको प्रसंगबाट हुन्छ। आफूले लेखिरहेको नाटकलाई अन्तिम रुप दिन तल्लिन लेखक २०६९ साल जेठ १५ मा संविधानसभा भंग भएको समाचार सुन्ने बित्तिकै कोमामा जान्छ। तर लेखक कोमामा गए पनि उसले नाटकमा सिर्जेका आठजना पात्र पालैपालो मञ्चमा आउँछन्।
कोमामा गएका लेखककी पत्नी गृष्मिलाको जन्मदिन पारेर भेला हुने पात्रहरुको जन्मदिन पनि सोही दिन नै हो। उनीहरु 'बर्थ डे' घरमा बसेर उत्सव मनाउँदै गर्दा आफ्ना विगत र वर्तमान दर्शकलाई साक्षात्कार गराउँदै जान्छन्। यो प्रसंगमा आउने पात्रहरुको कथा र स्विकारोक्तिले दर्शकलाई अर्कै संसारमा पुगेको अनुभूति दिलाउँछ।
नाटकको न त स्वाभाविक सुरुवात छ न त अन्त्य नै। विसंगति विषय र प्रस्तुति मात्र होइन पात्रको सिर्जनामा पनि देखिन्छ। नाटककार नगरकोटीले नाटकमा फोटोग्राफर, पोस्टमेन, ह्विलचेयर म्यान, फिसर मेन र येल्लो ह्याट जस्ता पात्रको सिर्जना गरेका छन् जसको नत विगत आममानिस जस्तो लाग्छ न त वर्तमान नै। उनीहरु आम मानिस झैं सुकिलो भएको स्वाङ नपारी आफूलाई जस्ताको तस्तै प्रस्तुत गर्छन्। यो क्रममा उनीहरुले यौन जीवनदेखि सामाजिक जीवनका विविध प्रसंगलाई धक नमानी अभिव्यक्त गर्छ।
फागुन १७ देखि सुरु भएको नाटक मंगलबार बाहेक चैत्र १७ सम्म देखाइनेछ। नाटकमा कुमार नगरकोटी, प्रकृति कार्की, रोशन मेहता, बादल भट्ट, गोविन्द पराजुली, टंक टाइगर, जीवन बराल, सरिता साह, पवित्रा खड्का, किरण चाम्लिङ राईको अभिनय रहेको छ।

No comments:

Post a Comment