जेष्ठ २ देखी मन्डला नाटकघरमा मन्चन भाईरहेको नाटक 'उम्बुगल्याण्डको मुठभेड़' एक्टर्स स्टुडियो नेपालका ( Actorsstudio Nepal )प्रशिक्षार्थीहरु तथा मण्डला थिएटर नेपालको संयुक्त प्रस्तुती हो । आशान्त शर्मा निर्देशित नाटकको हरेक दिन बेलुका सवा पांच बजे मण्डला नाटकघरमा ( Mandala Theatre-nepal ) हुदैछ ।
नाटक "मुठभेड" काल्पनिक टापू उम्बुकल्याण्डका राजाको मृत्युले ल्याएको राजनीतिक गाँठोबाट शुरु हुन्छ । यस सानो टापुका पाँच मन्त्रीहरु नयाँ शाषकका लागि सहमति जुटाउन सक्दैनन् र सानी राजकुमारी विजयालाई कठपुतली शाषक बनाई आफुहरु पृष्ठभूमीका बलिया शाषक बन्ने निधो गर्छन । बालिका राजकुमारी रानी बनेपछि उनमा सत्ताले ल्याउने परिवर्तन देखापर्न थाल्छन । जुन मन्त्रीमण्डललाई मन पर्दैन र रानी र मन्त्रीमण्डल बिच मुठभेड सृजना हुन्छ । जसले राजनितिक परिदृष्यमा नयाँ रंग थपिदिन्छ । नाटकको अंग्रेजी नाम "इन्काउन्टर ईन उम्बुकल्यण्ड" हो र नाटकका सन्दर्भहरु तथा पात्रहरुको मनोबिज्ञान हाम्रो सन्दर्भसंग मिल्दोजुल्दो छ ।
नाटककार: बिजय तेन्दुल्कर
निर्देशन: आशान्त शर्मा
मिति: २०७१ जेष्ठ २ गते देखि ३१ गते सम्म ।
समय: साँझ: ५:१५ बजे
स्थान: मण्डला नाटकघर, अनामनगर ।

No comments:
Post a Comment