हाम्रो आनुरोध

हामीले थाहा पाए सम्म र हामीलाई इन्बोक्स र ईमेल मा प्राप्त भएका सुचनाका आधार मा हामीले नाटक सम्वन्धी गतिबिधीहरुका सुचनाहरु सम्प्रेसण गरेका छौ। हामीले सकेसम्म काठमाडौं र असपासका नाट्य गतिबिधी लाई मात्रै नभै सम्पूर्ण देश भरिकै सुचना हरु सम्प्रेसण गर्ने प्रयास गरेका छौ। त्यसैले हामी लाई तपाईंका नाट्य गतिबिधीलाई हामी सम्प्रेसण गर्ने छौ । तपाईं का गतिबिधी हरुलाई हामीलाई इन्बक्स ( www.facebook.com/TheaterNepali )वा ईमेल theaternepali@gmail.com वा टुइटरमा मेन्सन गर्नुहोला https://twitter.com/theaternepal

Saturday, July 26, 2014

शिल्पिमा पित हास्य

 
शिल्पीले सञ्चालन गरेको कथा वाचनको तीन महिने प्रशिक्षणबाट निखारिएका कलाकारहरूले गोठाले नाटकघर बत्तिसपुतलीमा हाँसोको माध्यमबाट समाजको पीततालाई गिज्याइरहेका छन्।
 
प्रस्तुतिका सबै कथाहरूको लेखन र निर्देशन सम्बन्धित कलाकारहरूले नै गरेका हन्। रोशन मेहेताको एकल माइमबाट सुरूहुने नाटकमा मेधा कोइरालाले चरीमाया भट्टराईको माध्यमबाट पुस्ता-अन्तर र समाजिक रूपान्तरणलाई केलाउँछिन्। त्यसै गरी प्रियंका झाले आफ्नो पट्टरपटर गर्ने चुलबुले शैलीबाट नेपालको मधेशी समाजमा रहेको कलकं 'तिलक प्रथा'को दर्दनाक परिणतिको जीवन्त अभिनय गरेर भावुक तुल्याइदिन्छिन्।
 
फेरि प्रियंकाको मार्मिक प्रस्तुति पछि हसाउँन आइपुग्छन माइम लिएर सरिता साह, प्रकृति कार्की र मेधा कोइरालाको टोली। त्यसपछि पाइलट बन्ने सपना साकार पार्ने लक्ष्य बोकेको किशोर प्रविणको कथा लिएर किरण चाम्लिङ प्रस्तुत हुन्छन। आफ्नो प्रस्तुतिबाट किरणले विगतका द्धन्द्धमा नेपालीले भोगेको पीडाको पाटो केलाउँछन्।
 
दुई चरण रहेको नाटकमा यी पहिलो चरणका प्रस्तुतिहरू हुन् । कलाकारहरूलाई घिमिरे युवराज, केमिला र गंगाप्रसाद तिवारीले प्रशिक्षण दिएका हुन। असार ३१ गतेदेखि मञ्चन भइरहेको नाटक साउन १७ गते सकिदैछ।

No comments:

Post a Comment