हाम्रो आनुरोध

हामीले थाहा पाए सम्म र हामीलाई इन्बोक्स र ईमेल मा प्राप्त भएका सुचनाका आधार मा हामीले नाटक सम्वन्धी गतिबिधीहरुका सुचनाहरु सम्प्रेसण गरेका छौ। हामीले सकेसम्म काठमाडौं र असपासका नाट्य गतिबिधी लाई मात्रै नभै सम्पूर्ण देश भरिकै सुचना हरु सम्प्रेसण गर्ने प्रयास गरेका छौ। त्यसैले हामी लाई तपाईंका नाट्य गतिबिधीलाई हामी सम्प्रेसण गर्ने छौ । तपाईं का गतिबिधी हरुलाई हामीलाई इन्बक्स ( www.facebook.com/TheaterNepali )वा ईमेल theaternepali@gmail.com वा टुइटरमा मेन्सन गर्नुहोला https://twitter.com/theaternepal

Saturday, June 21, 2014

सर्वानामले सेलफोन फिल्म प्रतिस्प्रधा गराउने

कान्तिपुर दैनिक बाट 
-----------------------------------------------
काठमाडौ, असार २ - 
फिल्म निर्माण गर्न भारी लगानी चाहिन्छ भन्ने सोचमा हुनुहुन्छ ? प्रविधिको विकासले अब फिल्म बनाउन लगानीभन्दा आइडिया खोजिरहेको छ । तपाईंसँगै हात-हातमा भएका सेल फोन प्रयोग गरेर फिल्म बनाउन सकिन्छ भन्ने उद्देश्यले यतिबेला 'दृश्यांश' सेलफोन नेपाली सर्ट फिल्म कम्पिटिसन हुने भएको छ ।

राजधानीमा आइतबार पत्रकार सम्मेलनमार्फत, सेल फोनबाट फिल्म निर्माण गर्न सकिने जानकारी गराइएको हो । सर्वनाम थिएटर र ३६० डिग्री माउन्टेन फिल्म्सले गर्न लागेको प्रतियोगितामा सेल फोनले खिच्नुपर्ने भए पनि विषयवस्तु र प्रस्तुति आ-आफ्नो सिर्जनात्मक हुनुपर्ने र ३ मिनेटको फिल्म बनाउनुपर्नेछ । पछिल्लो समय प्रविधिको विकासले आफ्नो मनमा लागेका भावना सजिलै पोख्न सकिन्छ । उच्च

टेक्नोलोजी भएका मोबाइलको प्रशस्तै पहुँच समेत भएको हुँदा फोनबाट सिर्जनात्मक काम गर्न सकिने आयोजक समितिकी निर्देशक सम्पदा मल्लले बताइन् ।

उनले प्रस्तुति र क्रिएसनमा विशेष महत्त्व दिइने बताइन् । प्रतियोगितामा छनोट भएका १० उत्कृष्ट फिल्मलाई पुरस्कृत गरिनेछ । पहिलो पुरस्कारमा डेल ल्यापटपसहित अवार्ड र सर्वनामद्वारा निःशुल्क तीन महिने नाट्य कार्यशाला प्रदान गरिने सर्वनामका निर्देशक अशेष मल्लले बताए ।

दोस्रो र तेस्रो हुने फिल्मलाई १० इन्चको नियो एन्ड्रोइड ट्याबलेटसहित अवार्ड र नाटय कार्यशालाको अवसर प्रदान गरिनेछ । प्रतियोगिताका लागि जुलाई ५ सम्म फिल्म दिइनुपर्ने अशेषले जनाए । निणर्ायक मण्डलमा फिल्मकर्मी अविनाश विक्रम शाह, आशिफ शाह लगायत छन् ।

प्रकाशित मिति: २०७१ असार ३ १०:३४

No comments:

Post a Comment