हाम्रो आनुरोध
Friday, December 26, 2014
‘छैठौं राष्ट्रिय बाल नाटक महोत्सव’ फागुनको दोस्रो साता
काठमाडौं । नियमित रुपमा नेपालमा हुँदै आइरहेको राष्ट्रिय बाल नाटक महोत्सवले यस वर्ष पनि निरन्तरता पाउने भएको छ । शैली थिएटरले आयोजनामा ५ बर्ष देखी हुँदै आएको महोत्सबको ‘छैठौं राष्ट्रिय बाल नाटक महोत्सव’ फागुनको दोस्रो साताको लागि तयारी सुरु गरिएको शैली थिएटरका निर्देशक नवराज बुढाथोकीले जानकारी दिए ।
यसअघि भएका पाँचवटा नाटक महोत्सवको सफलताले उर्जा मिलेको बताउँदै उनले यसपालीको महोत्सव अझ परिष्कृत रुपमा गरिने पनि जानकारि गराए ।
‘यसअघिका महोत्सवमा काठमाडौंका नाटकको बाहुल्यता रहेकाले यसपालिको महोत्सवका लागि मोफसलका लागि जोड दिइरहेको साथै सकेसम्म भारतका बालबालिकाको नाटकबाट हाम्रा बालबालिकाले केहि सिकुन् भन्ने हाम्रो ध्येय हो ।’ बुढाथोकीले योजना सुनाए ।
बालबालिकाको बौद्धिक विकास र अन्य क्षमता विकासका लागि ‘पर्फमिङ आर्ट’ को अत्यन्तै जरुरि रहेको र सिर्जनात्मकताको अभिबृद्धी भएको बालबालिका भविष्यमा जुनसुकै क्षेत्रमा पनि सफल हुने शैली थिएटरका सदस्य तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक महेन्द्र पौडेलले राय व्यक्त गरे ।
नाटक महोत्सवमा भाग लिनका लागि पुष ३० गतेसम्म बिहान ११ बजेभित्र रुसी साँस्कृतिक केन्द्रस्थित संस्थाको कार्यलयमा स्क्रिप्ट बुझाउन सकिने संस्थाले जानकारि गराएको छ ।
छनोटमा परेका नाटकलाई मञ्चनको क्रममा विज्ञ टोलीले विभिन्न पक्षबाट गरेको मुल्याङ्कनको आधारमा ‘चेखव उत्कृष्ट निर्देशन पुरस्कार’ ‘शैली उत्कृष्ट अभिनय पुरस्कार’ र बालकोसेली उत्कृष्ट नाटक पुरस्कार प्राप्त गर्ने संस्थाले विज्ञप्तिमा उल्लेख गरेको छ ।
रु पाँच सयमा स्त्रिप्ट दर्ता गर्न सकिने नाटकको विषय कुनै पनि तवरबाट बालबालिकासँग जोडिएको हुनु पर्ने, राज्यको नीति विपरित राष्ट्रिय अखण्डतामा आँच पु¥याउने खालको हुन नहुने, बालबालिकाको मनोवैज्ञानिक र नैतिक आचरणमा नकारात्मक असर पर्ने गरि भाषिक र विषयगत कुरामा अभ्यास भएको हुन नहुने र १२ जना भन्दा कम कलाकार राखि एक घण्टामा नाटक सक्नुपर्ने मापदण्ड संस्थाले तोकेको छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment