हाम्रो आनुरोध

हामीले थाहा पाए सम्म र हामीलाई इन्बोक्स र ईमेल मा प्राप्त भएका सुचनाका आधार मा हामीले नाटक सम्वन्धी गतिबिधीहरुका सुचनाहरु सम्प्रेसण गरेका छौ। हामीले सकेसम्म काठमाडौं र असपासका नाट्य गतिबिधी लाई मात्रै नभै सम्पूर्ण देश भरिकै सुचना हरु सम्प्रेसण गर्ने प्रयास गरेका छौ। त्यसैले हामी लाई तपाईंका नाट्य गतिबिधीलाई हामी सम्प्रेसण गर्ने छौ । तपाईं का गतिबिधी हरुलाई हामीलाई इन्बक्स ( www.facebook.com/TheaterNepali )वा ईमेल theaternepali@gmail.com वा टुइटरमा मेन्सन गर्नुहोला https://twitter.com/theaternepal

Wednesday, December 24, 2014

सुनिल पोख्रेल फेरी फर्किए अभिनयमा

काठमाडौं– सुनिल पोखरेल लामो समयपछि नाटकको अभिनयमा फर्किने भएका छन्। करिब ४–५ वर्ष अघि ‘जात सोध्नु जोगी'मा अभिनय गरेका सुनिल विजय मल्लको नाटक ‘कोही किन बरबाद होस्' मार्फत नाटकको अभिनयमा पुनरागमन गर्न लागेका हुन्। पुस ११ गतेदेखि मण्डला थिएटरमा मञ्चन हुन लागेको नाटकमा उनी सुन्दर नामक प्रिन्सिपलको भूमिकामा देखिनेछन्।
सुनिलले नाटकसँग जोडिएका व्यक्तिगत सम्झनाका कारण नाटकमा खेल्न लागेको जानकारी गराए। ‘सुरुमा शंकर (निर्देशक)ले प्रिन्सिपलको भूमिकामा अरु कसैलाई नै अभिनय गराउने सोच बनाएका थिए। यो चाहिँ म आफैं गर्छु भनेर तम्सिएको हुँ,' सुनिलले भने। उनले ३०३६ सालमा यही नाटकको एउटा पात्रको अभिनयबाट एक वर्षे नाटक तालिमका निम्ति छानिएका कारण यो नाटकप्रति लगाव रहेको बताए।
नाटकलाई शंकर रिजालले निर्देशन गर्न लागेका हुन्। बालबालिकामा मातृत्व प्रेमले पार्ने प्रभावका बारेमा लेखिएको नाटकले स्कुल पढ्दादेखि नै मन छोएकालेसमसामयिक परिवर्तन गर्दै मञ्चन गर्न लागेको शंकरले बताए। उनले भने, ‘स्कुलको पृष्ठभूमिको नाटकलाई हामीले बोर्डिङ स्कुल बनाएका छौं र संवादमा पनि त्यही अनुसारको परिवर्तन गरेका छौं। प्रस्तुतिले सबै कुरा भन्नु पर्छ भन्ने मेरो मान्यता हो। त्यही मान्यता सिद्ध गर्ने गरी नाटक तयार पार्ने कोशिस गरिरहेका छौं।'
पुस ११ देखि ३० गतेसम्म मण्डला थिएटरमा मञ्चन हुने नाटकमा आमाबुबाको ममताबाट बञ्चित धु्रव नामक बिग्रेको बालकलाई प्रिन्सिपलको विवेकले सुधारेको कथा समेटिएको छ।
नाटकमा सुनिलबाहेक निशान देवकोटा, अमिशा कुँवर, सुजन खनाल, दीपेन्द्र बुढामगर, उपासना कार्की, कविता लामा, कुशल पाण्डे, उमेश पोखरेल, केनिपा सिंह, आशिष घिमिरे, अमृत ढुंगाना, सरिना प्रधान आदिको अभिनय रहेको छ।
(नागरिक दैनिकबाट)

No comments:

Post a Comment