काठमाडौं, माघ २३ -
समय बितिरहन्छ, आउने र जाने। तर, केही क्षण यस्ता हुन्छन् जसले मन
मस्तिष्कलाई हमेसा चिमोटिरहन्छन्। सन्दर्भ नाटक 'थर्टी डेज इन सेप्टेम्बर'
को।
बिहीबारदेखि लाजिम्पाटस्थित थिएटर भिलेजमा मञ्चन आरम्भ भएको यो नाटकको
मुख्य पात्र मालाका लागि सेप्टेम्बर महिना सुख र दुःख संयोग बन्छ। भारतीय
लेखक महेश दत्तानीको यो नाटक एक युवतीले बाल्यकालमा भोगेको पीडादायी घटना र
त्यसपछि विकास भएको उसको मनोविज्ञानमा केन्द्रित छ।
सेप्टेम्बरको स्कुल बिदाको बेला घरमा आफ्नै मामाबाट बलात्कृत मालाको कथा हाम्रैवरिपरि भइरहने यौनहिंसा ताजा घटनाजस्तै लाग्छ।
त्यो सेप्टेम्बर महिनाको ३० दिन के भएको थियो? कसरी माला पीडामा परिन् र किन उनी अहिले पनि उत्तिकै डराउँछिन्?
नाटक 'थर्टी डेज इन सेप्टेम्बर' ले रहस्यको पर्दा बिस्तारै खोल्दै जान्छ।
आशान्त शर्मा र बलु थापाले नेपालीमा अनुवाद गरेको नाटकलाई अनुप बरालले
निर्देशन गरेका हुन्। मुख्य भूमिका (माला) मा अभिनेत्री दिया मास्के
देखिएकी छन्।
३० वषर्ीय मालाले सानो छँदाको यौन दुव्र्यवहार मानसिक सन्तुलन लगभग
गुमाएकी हुन्छिन्। उनी समाजमा खुलेर कसैसँग प्रेमभाव पोख्न सक्दिनन्।
बिगि्रएकी र चरित्रहीन महिलाको उपनाम उनलाई समाजले दिएको हुन्छ। आफ्नै
आमाले समेत उनको मनोभाव बुझ्न सकेकी हुँदिनन्। मौन रहेकी आमासँग उनी
बारम्बर प्रश्न गरेकी हुन्छिन्, 'किन तपाइर्ंले मलाई उसबेला बचाउनुभएन?'
नाटकमा यथार्थ खुलाउने पात्रको रूपमा मालाकै प्रेमी सूत्रधार बनेका छन्।
मानसिक विचलन भएकी मालाको मनोभाव बुझ्न र उनलाई त्यो रोगबाट मुक्ति दिलाउन
उनी निरन्तर लागि परेका छन्।
एकातिर पुरुषकै हिंसात्मक प्रवृत्तिले पारेको असर देखाइएको छ भने
अर्कोतर्फ पुरुषकै प्रयत्नमा विचलित मालाले न्याय पाएको सन्दर्भमा नाटकमा
छ। मालाको अतीत थाहा पाएर पनि अत्यन्त मन पराउने उनका प्रेमी आदर्श पात्र
हुन्।
तत्क्षण प्रतिकार या विद्रोह गर्न नसक्दा, प्रकटीकरणको रूपमा अभिव्यक्त
गर्न नसक्दा र मनभित्र कुरा गुम्स्याउँदा त्यसको असर मस्तिष्कमा कसरी पर्छ
भन्ने उदाहरण बनेकी छन् माला। नाटक हेर्दै जाँदा माला जस्तै यथार्थ
चरित्रहरू दर्शकको दिमागमा नाच्न थाल्छन्।
दिनहुँ पत्रपत्रिका आइरहने बलात्कार र यौनजन्य हिंसाका समाचारहरूको सम्झना
हुन्छ। राज्यको कमजोर न्याय प्रणालीबाट समेत धोका पाएकी पूजा बोहराजस्ता
पात्रहरूको याद हुन्छ, जसले न्यायका लागि कानुन मन्त्रीलाई सार्वजनिक
पत्रसमेत लेखिन्। आमाको भूमिका खेलेकी अरुणा कार्कीको अभिनयले मन छुनेछ।
विमल सुवेदीको मञ्च परिकल्पना प्रशंसायोग्य लाग्छ।
सहरिया घरको परिवेश दुरुस्त लाग्छ। दृश्यलाई यथार्थता महसुस गराउन मञ्चले
सघाएको छ। दिया मास्केको अभिनय भने रंगमञ्चीयभन्दा फिल्मी लाग्छ, ओभर
एक्टिङ। नाटकमा सुरज मल्ल, रोय श्रेष्ठ, मनीष निरौला, कमल देवकोटा, अनोज
पाण्डे, आकृति श्रेष्ठले पनि अभिनय गरेका छन्।
एक्टरर्स स्टुडियो र थिएटर भिलेजको प्रस्तुति रहेको नाटक फेब्रुअरी २४ सम्म चल्नेछ।
प्रकाशित मिति: २०७१ माघ २३ ०९:३१
कान्तिपुर दैनिक बाट साभार
तस्बिर: streetnepal.com/

No comments:
Post a Comment