हाम्रो आनुरोध

हामीले थाहा पाए सम्म र हामीलाई इन्बोक्स र ईमेल मा प्राप्त भएका सुचनाका आधार मा हामीले नाटक सम्वन्धी गतिबिधीहरुका सुचनाहरु सम्प्रेसण गरेका छौ। हामीले सकेसम्म काठमाडौं र असपासका नाट्य गतिबिधी लाई मात्रै नभै सम्पूर्ण देश भरिकै सुचना हरु सम्प्रेसण गर्ने प्रयास गरेका छौ। त्यसैले हामी लाई तपाईंका नाट्य गतिबिधीलाई हामी सम्प्रेसण गर्ने छौ । तपाईं का गतिबिधी हरुलाई हामीलाई इन्बक्स ( www.facebook.com/TheaterNepali )वा ईमेल theaternepali@gmail.com वा टुइटरमा मेन्सन गर्नुहोला https://twitter.com/theaternepal

Wednesday, January 15, 2014

सर्वनाममा स्फटिक

सर्वनाम थियटरमा आज देखी नयाँ नाटक स्फटिक मन्चन सुरु भयको छ । स्फटिक मा भिन्दा भिन्दै समाजका दुई चरित्र लाई बाध्ने प्रयास गरियको छ।
काब्या कलगर्ल हुन्छे, प्रयाग एउटा लेखक, तर दुई चरित्र नै आफुलाई अन्य मनिष भन्दा भिन्दै ठान्छन । प्रयाग एउटा स्वतन्त्र आख्यानको कल्पना गर्दछ, तर प्रकाशकले छाप्न हिच्किचाउछ । प्रेमिका को बाउ र प्रेमिका बाट अपमानित हुन्छ । काब्या एउटा बेश्या भयता पनि उस्ले आफ्नो कर्म लाई इज्जत गर्छे, बेला बेला मा आफ्ना ग्राहक बाट आउने प्रेम प्रस्ताब लाई समेत लत्याउने उ यो समाजले स्विकार्न नसकेको बलियो पातर हो।
करिब  १घन्टा ७ मिनेट लामो यो नाटक हरेक बेलुका ४:३० बजे  
यही माघ १५  गते देखी सर्वनाम थियटरमा नाटक "स्फटिक" मन्चन हुनेछ ।  नाटक राज शाह तथा अर्जुन न्यौपाने को परीकल्पनामा दिपेश पौडेलको लेखन तथा निर्देशन रहेको छ।
नाटक मा श्याम खड्का, कौसल पन्डित,साधना भण्डारी,आदित्य शर्मा, अर्जुन नेउपाने कबिता राई र राज शाह को अभिनय रहेको छ।
नाटक माघ १५ गते सम्म नियमित मन्चन हुनेछ।
------------------------------------------------------------------- ---
नाटक: स्फटिक
समय:बेलुका ४:३० बजे
स्थान: सर्वनाम थियटर, कालिकास्थान
टिकट: २००, १०० ( विद्यार्थी सहुलियत)
परीकल्पना: राज शाह /अर्जुन न्यौपाने
लेखन/निर्देशन: दिपेस पौडेल
------------------------------------------------------

No comments:

Post a Comment