हाम्रो आनुरोध

हामीले थाहा पाए सम्म र हामीलाई इन्बोक्स र ईमेल मा प्राप्त भएका सुचनाका आधार मा हामीले नाटक सम्वन्धी गतिबिधीहरुका सुचनाहरु सम्प्रेसण गरेका छौ। हामीले सकेसम्म काठमाडौं र असपासका नाट्य गतिबिधी लाई मात्रै नभै सम्पूर्ण देश भरिकै सुचना हरु सम्प्रेसण गर्ने प्रयास गरेका छौ। त्यसैले हामी लाई तपाईंका नाट्य गतिबिधीलाई हामी सम्प्रेसण गर्ने छौ । तपाईं का गतिबिधी हरुलाई हामीलाई इन्बक्स ( www.facebook.com/TheaterNepali )वा ईमेल theaternepali@gmail.com वा टुइटरमा मेन्सन गर्नुहोला https://twitter.com/theaternepal

Tuesday, December 2, 2014

फेरी माइलो आउँदै

नाटक डिग्री माइलामा कलाकारहरु
मण्डला नाटकघरले आगामी शनिवारदेखि आफ्नो चर्चित नाटक डिग्री माइलाको पुनर्मञ्चन गर्नेभएको छ।
नाटक डिग्री माइलाको पहिलो प्रदर्शन वि.सं. २०६९ साल फागुन १८ गते शुक्रबार मण्डला नाटकघरमा भएको थियो भने मण्डला नाटकघरमै २०७० साल मंशीर २२ गते यो नाटकको ५१ औं प्रदर्शनी भयो । त्यसयता समेत गरेर दोस्रो चरणको अन्त्यसम्म आइपुग्दा यो नाटकको ५८ पटक प्रदर्शन भइसकेको छ । यसपटक तेस्रो चरणअन्र्तगत नाटक डिग्री माइलाको मञ्चन हुँदैछ । नाटक डिग्री माइला मंशीर २० गते शनिवारदेखि पुष ६ गते आइतबारसम्म नियमित मञ्चन गरीनेछ । सोमवार भने नाटकको मञ्चन गरीनेछैन । सोमबार मण्डला नाटकघरको विदा हो । नाटक ठीक ४ः३० बजे शुरु हुनेछ । मण्डला नाटकघर अनामनगर स्थित सिहदरवारको पुर्बिगेट नजिकै छ।
टिकट दर मात्रा २०० र १००(विद्यार्थी सहुलियत)

No comments:

Post a Comment