'हरेक महिनाको सुरुआत केही राम्रा कविता सुनेर गरौं' भन्ने सन्देश साथ दुई वर्षदेखि नियमित हुँदैको आएको 'हामी : कवि र कविता' शृंखलामा यसपटक कविद्वय रमण घिमिरे र सरिता तिवारी प्रस्तुत हुँदैछन ।
सर्वनाम थिएटर र लूनकरणदास-गंगादेवी चौधरी साहित्यकला मन्दिरले गर्दै आएको शृंखलाको २३ औं संस्करण यही पुष १ गते सर्वनाम नाटकघरमा हुँदैछ। हरेक महिनाको १ गते दिउसो ३ बजे नियमित हुने कबिता वाचन कार्यक्रममा प्रबेश निशुल्क रहेको छ ।

No comments:
Post a Comment