हाम्रो आनुरोध

हामीले थाहा पाए सम्म र हामीलाई इन्बोक्स र ईमेल मा प्राप्त भएका सुचनाका आधार मा हामीले नाटक सम्वन्धी गतिबिधीहरुका सुचनाहरु सम्प्रेसण गरेका छौ। हामीले सकेसम्म काठमाडौं र असपासका नाट्य गतिबिधी लाई मात्रै नभै सम्पूर्ण देश भरिकै सुचना हरु सम्प्रेसण गर्ने प्रयास गरेका छौ। त्यसैले हामी लाई तपाईंका नाट्य गतिबिधीलाई हामी सम्प्रेसण गर्ने छौ । तपाईं का गतिबिधी हरुलाई हामीलाई इन्बक्स ( www.facebook.com/TheaterNepali )वा ईमेल theaternepali@gmail.com वा टुइटरमा मेन्सन गर्नुहोला https://twitter.com/theaternepal

Thursday, December 4, 2014

सन्तानसुख, महिला हिंसा र यार्मा

काठमाडौं, मंसिर १७ – अहिले महिला हिंसा विरुद्ध १६ दिने अभियान चलिरहेको छ । श्रीमतीको चाहना विपरितको यौनसंसर्गलाई महिलामाथि गरिएको हिंसाका रुपमा बुझिन्छ ।

त्यसोभए आफ्नो बच्चाकी आमा बन्न व्यग्र श्रीमतीको चाहनालाई बेवास्ता गर्नु हिंसा हो की हैन ? बच्चा खेलाउने तिब्र चाहना हुँदाहुँदै पनि बच्चा बिनाको जिन्दगीमा रमाउन चाहने लोग्ने मार्नुलाई हिंसाको कुन रुप र तहमा बुझ्ने ? थिएटर भिलेज लाजिम्पाटमा मञ्चन भैरहेको नाटक यार्मा हेरिसकेपछि दर्शकको मनलाई तरंगीत पार्ने यस्ता कैयौँ कौतुहलताको सजिलो उत्तर पाउन मुस्किल छ ।

यार्मा नाटकमा एउटी सन्तानहीन महिलाको कथा छ । जुन आजभन्दा असीबर्ष अगाडि स्पेनमा लेखिएको थियो । स्पेनिस नाटककार फेड्रिको गार्सिया लोर्का आफ्नै सिर्जना यार्मालाई वियोगान्त कविता भन्न रुचाउँथे । एउटी गाउँले महिला, जो बिहे भएको वर्षौसम्म पनि सन्तान सुखबाट वञ्चित हुन्छे, आमा बन्ने चाहना तिब्र छ । तर लोग्नेबाट उसको चाहना पुरा हुदैन र उ आफ्नै लोग्नेलाई नै मार्न तयार हुन्छे । यस्तै कथाको सेरोफेरोमा विभिन्न पात्र र परिवेशमा घुमेको छ यार्मा ।
 

त्यही असीवर्ष अघि रचिएको नाटक यार्मा अहिले लाजिम्पाटस्थित थिएटर भिलेजमा मञ्चन भैरहेको छ । यार्मा बनेकी छन् नेपाली रजतपटकी सुन्दर नायिका नम्रता श्रेष्ठ । …म तिर्खाएकी छु,  तर पानी खान एउटा गिलास पनि छैन..., म पहाड चढ्न चाहान्छु, तर मेरा खुट्टा छैनन्Ú, …म सुत्ने तन्ना कहिल्यै मैलिएनन्..., बच्चैबेलामा कुनै पुरुषले छुदा कापेको मेरो शरिर बिहे भएको यति वर्षसम्म तात्न पाएन,  बाँझो शब्द सुन्न मन नपराउने मेरो कोख कहिल्यै भरिएन.... Ú जस्ता बलिया संवाद बोल्छिन यार्मा । आमा बन्न नपाएर विक्षिप्त बनेकी महिलाको मनोदशालाई मर्मस्पर्शी ढंगले जीवन्त उतार्न प्रयास गरेकी छन् यार्मा अर्थात नम्रताले नाटकमा ।

नाटकमा यार्माका पति बनेका छन् राजकुमार पुडासैनी । श्रीमान वुआन व्यवसाय र पैसाका पछाडि बढी कुद्छन्, रुपवती श्रीमतीलाई भने बेवास्ता गरेर । बच्चा उनको प्राथमिकतामा पर्दैन । यार्माले आफुसँग पटकपटक त्यो कुरा नगरिदियोस्, बच्चाबिना पनि जीवन सुन्दर छ, बनाउन सकिन्छ भन्ने सोच र भेडापालन, खेतीपातीमा रमाउने श्रीमानले श्रीमतीको चाहना पुरा गर्न नसक्दा श्रीमतीकै हातबाट मारिनुपर्छ । वुआन मारिन तयार हुन्छ तर बच्चा उसको प्राथमिकतामा पर्दैन । सन्तान सुखको चाहनामा भौतारिइरहेकी श्रीमतीको हरेक व्यवहारप्रति शंका गर्छ, यार्मा परपुरुषसँग नजिक नहोस् भनेर घर बाहिरको जिन्दगीबाट टाढै राख्न खोज्छ ।बच्चा नभएपछि कसरी कुरौटे समाज र परिवेसको तारो बन्नुपर्छ, विभिन्न लाञ्छना भोग्नुपर्छ नाटकमा सामाजिक परिवेसलाई उतारिएको छ । श्रीमतीको स्थान घर र चार दिवार हो, बिहे भएकी महिला परपुरुष र घरबाहिरको संसारसँग टाढिनुपर्छ भन्ने पुरुष मानसिकता नाटकमा प्रशस्त झल्किन्छ । स्वतन्त्रता र आत्मनिर्णयको अधिकारले महिलालाई चरित्रहीन बनाउँछ भन्ने पुरुषसोच भत्काउनुपर्छ भन्नेमा यार्माको भुमिका सह्रानीय छ ।

समग्रमा यार्मा आमा बन्न लालायित तर आमा हुन नसकेकी जवान महिलाको विक्षिप्तताको कथा हो । यार्माको भुमिकामा नम्रताले न्याय गर्न खोजेकी छन् । अझै राम्रो गर्नसक्ने ठाउँ नभएको हैन तर नम्रताको भुमिका प्रशंसा योग्य छ । श्रीमानको भुमिकामा राजकुमार पुडासैनी जम्न प्रयास गरेकाछन् तथापी पुडासैनी अभिनित अन्य नाटक हेरेका दर्शकका लागि भने राजकुमारको अभिनय क्षमतालाई यार्माका निर्देशकले बाहिर ल्याउन नसकेका हुन् की भन्नलाई प्रशस्तै ठाउँहरु छन् । कमलमणि नेपालको भुमिका जोडदार छ । अन्य कलाकारले पनि नाटकलाई जीवन्त बनाएका छन् । वनवर्ल्ड थिएटर र थिएटर भिलेजका लागि बिमल सुबेदीको परिकल्पना र निर्देशन यार्मा हेर्न लायक भने अवश्य छ । यार्मा डिसेम्बर २१ सम्म थिएटर भिलेज लाजिम्पाटमा मञ्चन हुनेछ ।
(उज्यालो अनलाइन बाट )

No comments:

Post a Comment