हाम्रो आनुरोध

हामीले थाहा पाए सम्म र हामीलाई इन्बोक्स र ईमेल मा प्राप्त भएका सुचनाका आधार मा हामीले नाटक सम्वन्धी गतिबिधीहरुका सुचनाहरु सम्प्रेसण गरेका छौ। हामीले सकेसम्म काठमाडौं र असपासका नाट्य गतिबिधी लाई मात्रै नभै सम्पूर्ण देश भरिकै सुचना हरु सम्प्रेसण गर्ने प्रयास गरेका छौ। त्यसैले हामी लाई तपाईंका नाट्य गतिबिधीलाई हामी सम्प्रेसण गर्ने छौ । तपाईं का गतिबिधी हरुलाई हामीलाई इन्बक्स ( www.facebook.com/TheaterNepali )वा ईमेल theaternepali@gmail.com वा टुइटरमा मेन्सन गर्नुहोला https://twitter.com/theaternepal

Saturday, January 17, 2015

सर्वनाममा भरतनाट्यम



सधै नाटकका लागि खचाखच हुने सर्वनाम नाटकघरको प्रेक्षालय आज पनि खचाखचनै थियो तर नाटकका लागि भने होइन, मतिना मानन्धरको एकल भरतनाट्यम नृत्यका लागि ।  नाटकमात्र नभएर कलाका विविध विधालाई सम्मान गर्दै आएको  सर्वनामले हरेक महिना मासिक रुपले कविताको कार्यक्रम हामी कवि र कविता, संगीतलाइ सम्मान गर्दै युजन वेभ, कथा मञ्चन, लघु कथा वाचन तथा मञ्चन, चित्रकला प्रदर्शनी, लगायत विभिन्न साहित्यीक कार्यक्रम गर्दै आएको छ । यसैक्रममा कलाको अभिन्न विधा नृत्यलाई सम्मान गर्दै मतिना मानन्धरको एकल नृत्य प्रस्तुती भरतनाट्यम आयोजना गरेको हो । भारतको आठ शास्त्रिय नृत्य मध्ये एक  भरतनाट्यम लाई करिव एकघण्टा मतिनाले प्रस्तुती दिएकी  कार्यक्रममा  पुञ्पान्जली, भजन, भो–शम्भो, दिब्य प्रबन्धम, तिल्लाना,  लगायत मतिनाले ५ वटा प्रस्तुति दिएकी थिइन । कार्यक्रमको अन्त्यमा बरिष्ठ कलाकार हनि श्रेष्ठले मतिनाको प्रशंशा गर्नुभएको थियो भने, सर्वनामका संस्थापक एंव निर्देशक अशेष मल्लले सर्वनामको तर्फ बाट सम्मानपत्र तथा खादा ओडाएर मतिनालाई सम्मान गर्नुभएको थियो ।

No comments:

Post a Comment