हाम्रो आनुरोध

हामीले थाहा पाए सम्म र हामीलाई इन्बोक्स र ईमेल मा प्राप्त भएका सुचनाका आधार मा हामीले नाटक सम्वन्धी गतिबिधीहरुका सुचनाहरु सम्प्रेसण गरेका छौ। हामीले सकेसम्म काठमाडौं र असपासका नाट्य गतिबिधी लाई मात्रै नभै सम्पूर्ण देश भरिकै सुचना हरु सम्प्रेसण गर्ने प्रयास गरेका छौ। त्यसैले हामी लाई तपाईंका नाट्य गतिबिधीलाई हामी सम्प्रेसण गर्ने छौ । तपाईं का गतिबिधी हरुलाई हामीलाई इन्बक्स ( www.facebook.com/TheaterNepali )वा ईमेल theaternepali@gmail.com वा टुइटरमा मेन्सन गर्नुहोला https://twitter.com/theaternepal

Saturday, April 18, 2015

आइतबारदेखि राष्ट्रिय नाट्य महोत्सव

 नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले वैशाख ६ आइतबार  देखि ८ सम्म राजधानीमा राष्ट्रिय नाट्य महोत्सव–२०७२ गर्ने भएको छ । देशका विभिन्न स्थानका ७ वटा नाटक देखाइने महोत्सवमा सबै नाटकहरु नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा देखाइने छन् ।
महोत्सवका लागि छनोट भएका नाटकमा नारायणी कला मन्दिर, चितवनको ‘सकस’, झोराहट नाट्य समूह, मोरङको ‘धुपेनको धुइयाँ’, चेतना नाट्य समूह, इलामको ‘पथिभरा देवीको उत्पति’, तरङ सांस्कृतिक परिषद्, हेटौंडाको ‘मान्छे बन्ने रहर’, सुम्निमा थिएटर एकेडेमी, ललितपुरको ‘सुम्निमा’, आरोहण, विराटनगरको ‘आब कोना चलब’ र मिथिला नाट्यकला परिषद्, जनकपुरको ‘छुतहा घैल’ छन् ।

No comments:

Post a Comment