हाम्रो आनुरोध

हामीले थाहा पाए सम्म र हामीलाई इन्बोक्स र ईमेल मा प्राप्त भएका सुचनाका आधार मा हामीले नाटक सम्वन्धी गतिबिधीहरुका सुचनाहरु सम्प्रेसण गरेका छौ। हामीले सकेसम्म काठमाडौं र असपासका नाट्य गतिबिधी लाई मात्रै नभै सम्पूर्ण देश भरिकै सुचना हरु सम्प्रेसण गर्ने प्रयास गरेका छौ। त्यसैले हामी लाई तपाईंका नाट्य गतिबिधीलाई हामी सम्प्रेसण गर्ने छौ । तपाईं का गतिबिधी हरुलाई हामीलाई इन्बक्स ( www.facebook.com/TheaterNepali )वा ईमेल theaternepali@gmail.com वा टुइटरमा मेन्सन गर्नुहोला https://twitter.com/theaternepal

Tuesday, June 2, 2015

पाँच थियटर संचालनमा आउने

काठमाडौं–भूकम्पपछि बन्द रहेको राजधानीको पाँच थियटरहरुले असारको पहिलो साताबाट नियमित नाटक मञ्चन गर्ने भएका छन् । विनाशकारी भूकम्पबाट निधन भएका मानिसप्रति श्रद्धाञ्जली प्रकट गर्न ४५ दिन थियटर बन्द गरिएका थिए।  राजधानीका थियटर भिलेज, शिल्पी थियटर, सर्वनाम, मण्डला र थियटर मलमा तत्काल नाटक मञ्चन नहुने भएका छन् । 'अहिले मानिस शोकमा छन्। भूकम्पबाट मृत्यु भएका व्यक्तिप्रति श्रद्धाञ्जली प्रकट गर्न पाँचवटा थियटर मिलेर संयुक्त रुपमा ४५ दिने शोक मनाउन थियटर बन्द गरेका हौं। आगामी असारको पहिलो साताबाट नियमित मञ्चन हुन्छ,' सर्वनामका राज शाहले भने।  यसै साताभित्र सर्वनाम थियटरले भूकम्प प्रभावित क्षेत्रमा पुगेर नाटकमार्फत मनोरञ्जन गराउनेसमेत उनले जानकारी गराए। 'तत्काल सर्वनाम थियटरमा केही कार्यक्रम गर्न अफ्ठ्यारो भएकाले हामी राजधानी बाहिरको भूकम्प प्रभावित क्षेत्रमा पुगेर नाटकमार्फत मनोरञ्जन गराउन लागिपरेका छौं,' उनले भने ।  विभिन्न थियटरसँग आवद्ध कलाकार र व्यक्ति भूकम्प पीडितको सहयोगमा लागेका हुन्। त्यसबाहेक केही कलाकारसमेत भूकम्पबाट पीडित भएका छन्। मण्डला थियटरले नयाँ नाटकको रिहर्सल गरिरहेको छ। निर्देशक दयाहाङ राईको नाटक जनावरमा आधारित हुनेछ। 'थियटरमा कार्यक्रम भइरहेको छन् । नियमित नाटक असार पहिलो हप्तादेखि सुरु हुने भएपनि नयाँ नाटकको तयारी भइरहेको छ,'मण्डला थियटरका कलाकार विजय बरालले भने। हाल मण्डला टोली मण्डलासँग आवद्ध भूकम्प प्रभावित कलाकारहरुको घर निर्माणमा लागिपरेको जानकारी उनले गराए।  यता थियटर भिलेजमा भने जेठ २९ मा 'सिंहदरवारको टेन्डर' नामक नाटक मञ्चन हुँदैछ।
सोमबार १८ जेष्ठ, २०७२| स्मृति ढुंगाना|नागरिक दैनिकबाट
- See more at: http://nagariknews.com/entertainment/story/38966.html#sthash.gOyB2FO9.dpuf
- See more at: http://nagariknews.com/entertainment/story/38966.html#sthash.gOyB2FO9.dpuf

No comments:

Post a Comment