हाम्रो आनुरोध

हामीले थाहा पाए सम्म र हामीलाई इन्बोक्स र ईमेल मा प्राप्त भएका सुचनाका आधार मा हामीले नाटक सम्वन्धी गतिबिधीहरुका सुचनाहरु सम्प्रेसण गरेका छौ। हामीले सकेसम्म काठमाडौं र असपासका नाट्य गतिबिधी लाई मात्रै नभै सम्पूर्ण देश भरिकै सुचना हरु सम्प्रेसण गर्ने प्रयास गरेका छौ। त्यसैले हामी लाई तपाईंका नाट्य गतिबिधीलाई हामी सम्प्रेसण गर्ने छौ । तपाईं का गतिबिधी हरुलाई हामीलाई इन्बक्स ( www.facebook.com/TheaterNepali )वा ईमेल theaternepali@gmail.com वा टुइटरमा मेन्सन गर्नुहोला https://twitter.com/theaternepal

Wednesday, June 10, 2015

फेरी नाटक "सिंहदरवारको टेण्डर"

बिनासकारी भुकम्पले देशमा ठूलो क्षति पु¥याएपछि, ठप्प जस्तो बनेको नेपाली रंगमञ्च फेरि विस्तारै सल्वलाउन थालेको छ । भुकम्प पश्चात राजधानिको जनजिवन सामान्य बन्दै गएपछी, राजधानिको थिएटर भिलेजले नाटक "सिंहदरवारको टेण्डर"  पुनः मञ्चन थालनी गरेको हो । यहि जेष्ठ २९ गते शुक्रवार देखि पुनः मञ्चन हुन थालेको नाटक "सिंहदरवारको टेण्डर"  बैशाख १० देखि मञ्चन भएको १२ गतेको भुकम्प पश्चात मञ्चन स्थगित गरिएको थियो । भारतिय लेखक अजय शुक्लाको प्रसिद्घ नाटक "ताज महलकी टेण्डर" मा आधारित यो नाटक को निर्देशन भने दिलिप रानाभाटले गरेका हुन ।  नाटक "सिंहदरवारको टेण्डर" असाढ २२ सम्म बुधबार बाहेक हरेक दिन बेलुकि ५:३० बजे   थिएटर भिलेज, उत्तर ढोका, लाजिम्पाट मा नियमित मन्चन हुनेछ ।

No comments:

Post a Comment